सूचनाको शक्ति - The Power Of Information

        

पक्राउ परेनन् ‘कठ्लिन कृष्ण किरण’

पत्रकारका औला काट्ने धम्की

बाँके । समाचार लेखेकै कारण बाँकेका समग्र ‘पत्रकारका औला काटेर कुुकुरलाई खुावउने’ भनि धम्की दिने खजुरा गाउँपालिकाका एक व्यक्ति शनिबार साँझसम्म पनि पक्राउ परेका छैनन् ।

जनप्रतिनिधीकै आडमा यसरी धम्की आएपछि नेपालगन्जका क्रियाशिल पत्रकारले उक्त धम्कीप्रति आपत्ति जनाउँदै बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेल यसरी फेसबुकबाटै पत्रकारका औला काट्ने धम्की दिने व्यक्तिको खोजी भईरहेको बताएका छन् ।

खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तीलकवीर सुनार निकटका फेसबुकमा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्तिले पत्रकारहरूका औला काटेर कुकुरलाई खुवाइदिने भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत चार दिनअघि धम्की दिएका थिए ।

वडाअध्यक्ष सुनारले वडापालिकाबाट दिनुपर्ने सिफारिस कानून विपरित रोक्न खोजेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि ती व्यक्तिले वडाध्यक्ष सुनारको आडमा सामाजिक सञ्जालमा यस्तो धम्की दिएका हुन् । अपरिचित ती व्यक्तिले मुखमा समातेर ब्लेडले काटेर रगत निकालिदिने धम्कीसमेत दिएका थिए ।

उनले तिलकवीर सुनारको प्रतिक्रियामा जवाफ दिँदै लेखेका थिए, ‘दाजु भन्नु मात्र अन्धो भएर समाचार प्रकाशन गर्ने को हो ? लेख्नेको हातको औला काटेर कुकुरलाई खुलाइदिन्छु । त्यस्तालाई मुखमा समातेर ब्लेडले काटेर रगत निकाल्न मन छ । त्यस्ता खातेहरूलाई ठाडो चुनौती छ ।’उनको यो प्रतिक्रियाले वडाध्यक्ष सुनारको सहायतामा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्ति अपराधिक गतिविधिमा समेत संलग्न हुने गरेको आशंका गर्न सकिन्छ ।

‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्तिले वडाध्यक्षको इसारामा कुनै पनि पत्रकारमाथि आक्रमण गर्न सक्ने सामाजिक सञ्जालमा आएको यो प्रतिक्रियाले थप आशंका बढाएको छ । अध्यक्ष सुनारले स्थानीय तहले आम नागरिकका लागि पायक पर्ने स्थानमा केन्द्र नराखेर आफ्नो घर नजिकै वडापालिकाको केन्द्र राखेका छन् । उनले शनिबारसम्म पनि उक्त कार्यालय पायकपर्ने ठाउँमा सारेका छैनन् ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार २१:१५