सूचनाको शक्ति - The Power Of Information

        

होलेरीमा हुँदै राष्ट्रिय अक्षर महोत्सव

बाँके । रोल्पाको रुन्टिगढि गाउँपालिकाले राष्ट्रिय अक्षर महोत्सव गर्ने भएको छ । पर्यटन र साहित्य प्रवर्धनको अभियान भन्ने मुल नाराका साथ चैत ७ गतेदेखि तिन दिनसम्म होलेरीमा राष्ट्रिय अक्षर महोत्सव रोल्पा–२०७५ हुने भएको हो ।

दशवर्षे जनयुद्धको आधारभूमिको रुपमा परिचित रोल्पाको पर्यटकिय र साहित्यिक परिचय प्रवद्धनार्थ उक्त महोत्सव गर्न लागिएको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए । महोत्सवमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कवि तुलसी दिवस, संविधानविद् डा.भिमार्जुन आचार्य, गायीका तथा राष्ट्रिय सभा सदस्य कोमल वली सहभागी हुनेछन् ।

यस्तै आख्यानारहरु नयनराज पाण्डे, अमर न्यौपाने, रामलाल जोशी, नविन विभाष र अर्चना थापा लागायत देशभरबाट ५ दर्जनबढि साहित्यकारहरुलाई आमन्त्रित गरिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न ८ वटा सत्रमा छलफल र बहस हुने कार्यक्रम रहेको छ । त्यसक्रममा रुन्टिगढी गाउँपालिकाका पर्यटकीयस्थलहरुको अवलोकन भ्रमणको कार्यक्रमसमेत रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार १२:४५