सूचनाको शक्ति - The Power Of Information

        

नेपालबारे भारतीय सांसदको अपमानजनक टिप्पणी, ‘यसपटक प्रधानमन्त्री चुनौँ, चौकीदार नेपालबाट मगाऔँ’

नेपालबारे भारतीय सांसदको अपमानजनक टिप्पणी

बाँके । आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन् ।

उनले आफ्नो ट्वीटमा लेखेकी छन्,
प्रिय भारतवासी,
कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।
चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।
नेपालका चौकीदार चोर हुँदैनन् ।

https://twitter.com/LambaAlka/status/1105302471478530048

उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । भारतीय काँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी थिइन् । दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।

आम आदमी पार्टीकी सांसद अल्काले नेपालको स्वाभिमानमा आँच आउने अभिब्यक्ति दिँदा सम्म नेपालको परराष्ट्र नीति मौन बसिरहेकोछ । यो विषयमा न त राज्यले नै कुनै औपचारिक टिप्पणी गर्न सकेको छ न त परराष्ट्र नितीनै बोलेको छ । यसरी छिमेकी देशले नेपाललाई होच्याएर दिएको अभिब्यक्तिले यतिवेला सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ । सासद अल्काको चौतर्फी आलोचना भइरहेको छ । तर केपी ओली नेतृत्व सरकारलाई भने यो विषयले छुन सकेको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १२:१०