सूचनाको शक्ति - The Power Of Information

        

चार थान सालका गोलिया बरामद

बाँके । साइकलमा राखेर ल्याउँदै गरेको चार थान सालको गोलिया (३० क्यूफिट) काठ बाँके प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय, नेपालगन्जको टोलीले गोसाइगाउँबाट सालको गोलिया बरामद गरेको हो । चार वटा साइकलमा राखेर नेपालगन्जतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्चार्ज नारायण डाँगीले बताए ।

काठ तस्करहरु भने प्रहरीलाई देखेपछि भागेकाले काठ कहाँबाट ल्याइएको खुल्न सकेको छैन । प्रहरीले भने सीमावर्ती भारतीय जंगलबाट ल्याएको हुन सक्ने आशंका गरेको छ । तर, काठलाई नाकाबाट गोसाईगाउँसम्म ल्याउनलाई धेरै वटा प्रहरी कार्यालय पार गर्नुपर्दछ । बरामद गरिएको प्रहरीलाई डिभिजन वन कार्यालयलाई काठ बुझाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार १३:३४