सूचनाको शक्ति - The Power Of Information

        

मोडल सोनु भन्छिन्, ‘एकपटक पोर्न फिल्म हेरेकी छु’

काठमाडौं । पोखरा घर भई काठमाडौंमा बसेर मोडलिङ गर्दै आएकी मोडल सोनु पौडेल हिजोआज निकै ब्यस्त बनेकी छिन् । सुरुमा केही सर्टमूभि र म्युजिक भिडियोमार्फत नेपाली मोडलिङ क्षेत्रमा प्रबेश गरेकी सोनुले दर्जन बढी सर्ट मूभि, मूभि र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । हाल टेलिश्रृखला तरुनी तन्नेरीमा उनी ब्यस्त रहेकी छिन् ।

सो टेलिश्रृखलामा उनले मुख बाङ्गीको रुपमा अभिनय गरेकी छन् । काभ्रे जिल्लाको पनौतीमा सुटिङ भएर हालसम्म तिन वटा भाग तयार भइसकेको सो टेलिश्रृखलाबाट आफुलाई थप सफलता मिल्ने सोनुको अपेक्षा छ । उनी भन्छिन्, यस टेलिश्रृखलाबाट मैले थप केही कुरा सिक्ने मौका पाउनेछु ।’ नेपाली कथानक चलचित्र शिवानीमा अभिनय गरिसकेकी मोडल सोनुले अब चाँडै नै अर्को चलचित्र नेपाली चार्लीमा समेत अभिनय गर्ने मौका पाउँदैछिन् ।

सो चलचित्रमा उनले नयाँ भूमिकामा अभिनय गर्दैछिन् । आफु रहरले नभएर भविष्य बनाउने लक्ष्यका साथ नै मोडलिङमा लागेको बताउँदै सोनुले उत्साहित हुदै भनिन्, ‘मेरो सानैदेखिको इच्छा हो मोडलिङ । एक्टिङहरु सिकेको छु ,मेहनत अनि निरन्तरता दिनुपर्छ, सबैको सुझाब र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएकी छुँ ।’

सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे सोनुले भनिन्, ‘घरपरिवारको पनि ठुलो सपोर्ट छ । हल्का ग्लामर सिन दिन रुचाउने मोडल सोनुलाई लभ स्टोरी र एक्सन प्रधान चलचित्रमा अभिनय गर्न मन भएको बताउँदै भनिन्, ‘चलचित्रको अफर आएमा आफुलाई सुट भएमा अभिनय गर्नेछु ।’

‘सेक्स प्राकृतिक कुरा भएको बताउँदै मोडल सोनुले मानिसको जीवनमा यो अत्यवाश्यक कुरा हो तर, यसलाई गलत तरिकाले उपयोग गर्नुहुँदैन,’ उनी भन्छिन् । पुरुष र महिलाबीचको एकअर्काको सम्बन्ध नै सेक्स हो, उनको विचारमा । समय आएपछि सेक्स हुनु कुनै ठुलो कुरा होइन भन्दै उनले हालसम्म एकपटक झुक्किएर पोर्न मुभी हेरेको उनले सुनाइन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतवार १६:२२