सूचनाको शक्ति - The Power Of Information

        

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष दाहालद्वारा समवेदना प्रकट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले पुल्चोकस्थित मन्त्री निवास हरिहर भवन पुगेर दिवङ्गत मन्त्री अधिकारीका बुबा, आमा र श्रीमतीलाई समवेदना प्रकट गर्नुभएको दाहालको सचिवालयले जनाएको छ ।

त्यसैगरी अध्यक्ष प्रचण्डले आजै बिहान व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालका परिवारसमेतलाई भेटी समवेदना दिनुभएको सचिवालयले जनाएको छ ।
(रासस)

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार ११:५१