सूचनाको शक्ति - The Power Of Information

        

तीन करोड ८९ लाखको लागतमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटमा रु तीन करोड ८९ लाखको लागतमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ ।

भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको ताकुकोटमा रहेको सूर्य ज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) गोरखाको समन्वयमा उक्त विद्यालयको भवन निर्माण भएको हो । नवनिर्मित विद्यालयको तीन वटा पक्की भवनमा २० वटा कक्षाकोठा रहेका छन् । भूकम्प प्रतिरोधी रहेको उक्त विद्यालय भवन अपाङ्गमैत्री र बालमैत्री रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुमार जोशीले जानकारी दिनुभयो ।

नवनिर्मित भवनमा छात्राछात्राका लागि सुविधा सम्पन्न शौचालयसमेत निर्माण गरिएको अध्यक्ष जोशीको भनाइ छ । भवन निर्माण नहँुदासम्म विद्यालयले अस्थायी टहरामा कक्षा सञ्चालन गर्दै आएको थियो । भवन निर्माण सम्पन्न भई सुविधा सम्पन्न भवनमा पढ्न पाउने भएपछि विद्यार्थी पनि खुशी भएका छन् ।

विसं २०७३ फागुन महीनामा निर्माण सम्झौता भई काम शुरु भएको विद्यालय भवन करीब दुई वर्षमा निर्माण सम्पन भएको विद्यालयले जनाएको छ । भूकम्पका कारण उक्त विद्यालयको चार वटा भवनका १६ वटा कोठा पूर्णरुपमा ध्वस्त भएको थियो ।
(रासस)

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १२:३५