सूचनाको शक्ति - The Power Of Information

        

बोल्ड नेपाली मोडल नग्मा

काठमाडौं । विभिन्न विज्ञापनमा मोडलिङ गरिरहेकी पुरानो नैकापकी नग्मा श्रेष्ठ १७ बर्षकी मात्र भइन् । नग्माको चाहना चलचित्रकी नायिका बन्ने छ । हालसम्म म्यूजिक भिडियो र चलचित्रमा काम नगरेकी नग्मा चाडै नै आफू यो क्षेत्रमा पनि आउने बताउँछिन् ।

एउटा व्यवसायिक नायिका बन्ने सोच उनको छ । उनले भनिन्, ‘मलाई सानैबाट नायिका बन्ने सोच थियो । टीभी हेर्दा नायिकाहरुको कपाल उडेको, उनीहरुको नाचेको देख्दा मलाई पनि त्यस्तै बन्न मन लाग्थ्यो ।’ उनी, चलचित्रमा सबै खालको भूमिका गर्न सक्छु भन्छिन् ।

तपाइको खुबी के हो भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई नृत्य र अभिनय गर्छु भन्ने लाग्छ । अझै खारिन अभिनय सिक्ने तयारीमा छु ।’ उनले आफूलाई सबै कलाकारसँग काम गर्न मन लागेको बताइन् । अझ, मह जोडी, दीपक–दीपाको जोडीसँग काम गर्ने चाहना खुबै रहेको बिचार राख्छिन् । यो क्षेत्रमा लामो समयसम्म टिक्छु भन्ने उनको सोच छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार ०७:१२