सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन महोत्सवको तयारी पूरा

साँखु (काठमाडौँ), ६ फागुन   :  काठमाडौँको कागेश्वरी मनोहरामा यही फागुन ७ गतेदेखि हुने चौथो कागेश्वरी पर्यटन महोत्सव आयोजनाको तयारी पूरा भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको नामकरणसमेत गरिएको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र कागेश्वरी धामको प्रवद्र्धनका लागि विगत चार वर्षदेखि आयोजना हुँदै आएको यस पर्यटन महोत्सवमा विभिन्न प्रस्तुतिहरु रहने छन् ।

महोत्सवमा स्थानीय तामाङ संस्कृति र स्थानीय उत्पादनहरूको प्रदर्शन तथा प्रवद्र्धन गरिनुका साथै विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति पनि रहने छ । स्थानीय जनताको घरमा खेर गएको कवाड सङ्कलन गरेर २४५ किलो कागजको प्रतिमा स्थापना गरेको सोही स्थानमा यो महोत्सव पश्चात एक हजार किलोको नेपालकै सबैभन्दा ठूलो कागजको प्रतिमा स्थापना गर्ने उद्देश्य रहेको प्रदेशसभा सदस्य रामेश्वर फुयालले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाका उत्तरी पर्वतहरूको प्रवद्र्धन गर्ने तथा सोही स्थानमा महोत्सवमार्फत विभिन्न स्थानीय उत्पादनहरुको जगेर्ना तथा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । सो स्थानबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्न सकिन्छ भने सूर्योदय र सूर्यास्तको दृश्य मनोरञ्जन लिनका लागि पनि उपयुक्त रहेको सोही स्थानमा विभिन्न प्राकृतिक सम्पदाहरु पनि रहेका छन् ।
(रासस)

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार १२:२६