सूचनाको शक्ति - The Power Of Information

        

बलेरो गाडीसहित अबैध सूर्ती नियन्त्रणमा

बाँके । प्रदेश अनुसन्धान ब्यूरो ५ नं।प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सूर्ती बोकेको गाडीसहित दुई जनालाई कपिलवस्तुबाट नियन्त्रणमा लिएको छ । प्रदेश अनुसन्धान ब्यूरोको टोलीले मायादेवी गाउँपालिका–१ बरोहिया चोकबाट आज नियन्त्रणमा लिएको हो ।

भैरहवा तौलिहवाको पकडी चोकबाट तौलिहवातर्फ जाँदै गरेको लु १ च ५२२६ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा मूल्य दुई लाख ९०० मुल्य बराबरको ८२० केजी सूर्ती नियन्त्रणमा लिएको प्रदेश अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोको टोलीले गाडी चालक रुपन्देही गैडहवा गाउँपालिका–२ जोगडाका २४ बर्षिय सफिकुल रहमान र कपिलवस्तु मायादेवी गाउँपालिका–६ बर्कुल बस्ने २२ बर्षिय बिनोद हरिजनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पकडी, कपिलवस्तुमा बुझाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १७:३६