काठमाडौं । नेपालमा पनि भ्रष्ट्राचार एकदमैं ठुलो रोग भएको छ । यदी कुनै पनि देश भ्रष्ट्र भयो भने त्यो देशको विकास असम्भव जस्तैं हुन्छ । देशमा केही सिमीत व्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्ने भएका हुनाले देश र जनताले ठुलो राहत पाउँन सक्दैनन ।यस्तैं, केन्यामा पनि भ्रष्ट्राचार अनेपेक्षित रुपमा बढेको पाइएको छ ।
यो देशमा प्रहरीले धेरै खुस खाने भएका हुनाले सरकारले प्रहरीको वर्दीमा गोजी नराख्ने योजना अगाडि सारेको छ । प्रहरीबाटै भ्रष्टाचार हुने थाहा पाएपछि सरकारले नयाँ प्रहरीका वर्दीमा गोजी नराख्ने योजना ल्याएको हो । केन्याका राष्ट्रपति उहुरु केन्याटाको भ्रष्टाचार विरोधी अभियान स्वरुप प्रहरीको पोशाकमा गोजी नराख्ने योजना ल्याइएको जनाइएको छ ।
सरकारी अधिकारीहरुका अनुसार केन्याका प्रहरीमाथि बाटोमै घुस खाएका उजुरी दैनिक आउने गरेका छन् । वर्दीमा गोजी नभएपछि उनीहरुलाई घुस माग्न गाह्रो हुने विश्वास गरिएको छ । प्रहरीहरुले भने यस योजनालाई सफल हुन नदिने बताएका छन् । उनीहरुले केही प्रहरीको गल्तीको सजाय सबै प्रहरीलाई दिन नहुने बताएका हुन् । एजेन्सी
सत्यपाटी - ।