
बाँके । बाँकेको नेपालगन्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे१ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खसेर दुर्घटना भएको छ । आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो ।
‘यात्रुवाहक बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी भने । बस्नेतका अनुसार तीन जनाको शव नदीबाट निकालिएको छ भने पाँच जना घाइतेको उद्दार गरिएको छ । उनका अनुसार टिकट नलिएर कति जनाले गाडीमा यात्रा गरिरहेको भन्ने खुलेको छैन ।
समाचार तयार गर्दासम्म मृतक र घाइतेको सनाखत भएको छैन । उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रजिअ बस्नेतले जानकारी दिए । रुकुम प्रहरीका अनुसार तीन जनाको शव निकालिसकेको छ ।
सत्यपाटी - ।