सूचनाको शक्ति - The Power Of Information

        

तीनदिने महिला क्रिकेट प्रशिक्षण तालिम शुरु

बाँके । बाँकेमा महिला क्रिकेटलाई अघि बढाउने उद्देश्यसहित आजबाट कोहलपुरमा तीनदिने महिला क्रिकेट प्रशिक्षण तालिम शुरु भएको छ । बाँके जिल्ला क्रिकेट संघको आयोजनामा कोहलपुर नगरपालिकास्थित १३ बिघामा तालिम शुरु भएको हो ।

‘विगतमा जस्तो थुप्रै महिला क्रिकेट जन्माई सकेको बाँकेमा महिला क्रिकेट अझै हराएको छैन,’ उनले भने । महिला राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरिसकेका जमिर अन्सारीले क्रिकेटमा महिला सहभागितालाई बढाउन तालिमलेसहयोग गर्ने बताए ।

तालिमबाट छनौट भएका छात्राहरुको दुई वटा टोली बनाएर तालिम दिइने बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरले बताए । प्रशिक्षण कार्यक्रमको उद्धघाटन कोहलपुर नगरपालिकाका उपमेयर सन्जु कुमारी चौधरीले खेलाडी तथा प्रशिक्षकलाई क्रिकेट खेलका सामाग्री हस्तान्तरण गरेर शुरु गरेकी थिइन् ।

तालिममा बाँकेका विभिन्न विद्यालयबाट करिब ५० जना छात्राहरुको सहभागिता रहेको छ । तालिममा प्रशिक्षण महिला राष्ट्रिय क्रिकेट टोलीका अन्तर्राष्ट्रिय प्रशिक्षक जमिल अन्सारी, प्रशिक्षक ईरफान सैयद तथा सहायक प्रशिक्षक नितेश विष्टले प्रशिक्षण दिइरहेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार १५:४८