सूचनाको शक्ति - The Power Of Information

        

महाभारत युद्धमा हजारौं मारिए पनि किन भेटिएन कसैको शव ?

एजेन्सी । महाभारतको युद्धमा धेरै सुरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्रको धर्तीलाई रक्तरञ्जित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।

तर एक सवाल उठ्ने गरेको छ, यदि हजारौं वीर योद्धाहरूको मृत्यु भएको थियो भने उनीहरूको शवको अन्तिम संस्कार कसरी भएको थियो ? श्रीरामले रामसेतुको निर्माण गराएका थिए । यसको तथ्य साक्षीको रूपमा वैज्ञानिकले त्यहाँ पुल पत्ता लगाएका छन् । तर महाभारतको त्यो भीषण युद्ध साँच्चै नै लडिएको थियो भन्ने कुनै प्रमाण आजसम्म हासिल भएको छैन ।

केही तथ्य

कुरुक्षेत्रको युद्धमा मारिएका सैनिकंर योद्धाहरूको शव या अस्थिपञ्जर यसकारण भेटिएन, किनकी आजकल जस्तो मारिएका दुश्मनको शवमाथि दुर्व्यवहार त्यतिबेला हुँदैनथ्यो । महाभारतको युद्ध दिन सकिएसँगै रोकिने गरेको थियो । र, जो–जो युद्धमा मारिएका थिए उनीहरूको शवलाई अन्तिम संस्कार गरिने गरिएको थियो या परिवारलाई जिम्मा लगाइन्थ्यो । अमल नंदन, जसले कुरुक्षेत्रको पौराणिक इतिहासबारे विस्तृत अध्ययन गरेका छन् ।

उनी भन्छन्, ‘उत्तरायणको त्यो दिन जब भीष्म पितामाहले आफ्नो अन्तिम सास लिएका थिए, त्यसदिन युद्ध समाप्त भएसँगै कुरुक्षेत्रको भूमिलाई जलाइएको थियो । यस्तो यसकारण गरिएको थियो कि हरेक मृत योद्धाले स्वर्गमा स्थान बनाउन सकुन् ।’ महाभारत युद्धमा धेरै कुरा भएका थिए जसलाई विश्वास गर्न कठिन छ । शायद यही कारण आज पनि धेरै मानिस यसलाई कल्पनाको परिणाम रूपमा लिन्छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार ११:५८