सूचनाको शक्ति - The Power Of Information

        

शैक्षिक तथा आध्यात्मिक महोत्सव आजदेखि नेपालगन्जमा

बाँके । स्मार्ट मन्टेश्वरी स्कूल बनाउन नेपालगन्जमा शैक्षिक तथा आध्यात्मिक महोत्सव २०७५सञ्चालन हुने भएको छ । ग्ल्याडसम किन्डर गार्टेन एकेडेमी नेपालगन्जको आयोजनामा आजदेखि सुरु हुने शैक्षिक तथा आध्यात्मिक महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

बागेश्वरी मन्दिर परिसरमा हुने श्रीमद् भागवत कथा एवं श्रीमद् भागवत गीता प्रवचन स्वसंमवेद ज्ञान महायज्ञ २०७५ को आयोजना गरिएको आयोजकले जनाएको छ । मन्टेश्वरी स्कूललाई नेपालगन्ज शहरकै पहिलो स्मार्ट स्कूल बनाउने पवित्र उद्देश्यले स्कूल्को भौतिक पूर्वाधार निर्माणका लागि सहयोगार्थ आयोजना गरिन लागेको मन्टेश्वरी स्कूलका डाइरेक्टर लोकबहादुर शाहले जानकारी गराए ।

नेपालगन्ज जाऔं, शैक्षिक तथा आध्यात्मिक महोत्सवमा रमाऔं भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको डाइरेक्टर शाहले जानकारी गराए । शैक्षिक तथा आध्यात्मिक महोत्सवमा हरेक दिन विहान ७ बजेदेखि राती १० बजेसम्म प्रवचन हुने जनाईएको छ । प्रवचनमा भारत बृन्द्धाबनधामबाट पण्डीत ऋषीकेश पोख्रेलले नेपाली भाषामा प्रवचन दिनेछन् ।

त्यस्तै डा. स्वामी मस्त बाबा गुरुले नेपाली, हिन्दी र मारवाडी भाषामा प्रवचन दिने आयोजकले जनाएको छ । आज पहिलो दिन बागेश्वरी मन्दिर परिसरबाट कलश यात्रा गरि नगरका विभिन्न भागको परिक्रमा गरि पुनः बागेश्वरी स्थलमा पुगी महोत्सव शुभारम्भ गरिने आयोजकले जनाएको छ ।

हरेकदिन भक्तजनहरुलाई प्रवचन तथा आध्यात्मिक ज्ञानका कुरा सिकाउने डा. स्वामी मस्त बाबा गुरुले बताए । प्रत्येक दिन पुजा अर्चना विहान ७ बजेदेखि साढे ९ बजेसम्म, विहान १० बजेदेखि ५ बजेसम्म सांगीतिक कथा प्रवचन, देवलीला, झा“की प्रर्दशन, प्रत्येक दिने ७ बजेदेखि १० बजेसम्म नेपाली, हिन्दी भाषामा कथा भजन किर्तन देवलीला र झा“की प्रर्दशन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार ०७:२३