सूचनाको शक्ति - The Power Of Information

        

भित्रियो नयाँ शक्तिशाली प्रणाली, आजदेखि वर्षा

काठमाडौ । मौसममा आजबाट फेरि बदली हुनेछ । आजबाट अझ वर्षा गराउने खालको नयाँ प्रणाली भित्रिँदैछ । आजदेखि नयाँ खालको प्रणाली भित्रिने सम्भावना देखिएको र यो अहिलेको भन्दा शक्तिशाली रहेको मौसमविदहरुको भनाई छ । यसले अलि ठूलो वर्षा गराउनेछ ।

बिहीबारदेखि लगातारको वर्षा र हिमपात रोकिएर आइतबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघिको पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली शनिबार राति बिदा भई कमजोर प्रणाली भित्रिएपछि मौसममा सुधार आएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली भएको छ । लगातार तीन दिनदेखिको वर्षा र हिमपात रोकिएर आइतबार केही खुलेको मौसम सोमबारदेखि पुनः बदली भएको छ ।

महाशाखाकी मौसमविद् वरुण पौडेलले सोमबार विशेषगरी पश्चिमको पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको बताइन् । काठमाडौंमा पनि हल्का वर्षा भएको मौसमविदहरुले जनाएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार ०६:५४