सूचनाको शक्ति - The Power Of Information

        

जनमतको रक्तदान, ६७ जनाले दिए रगत

बाँके । जनमत अर्धसाप्ताहिक पत्रिकाको ४१ औं श्रृंखला अन्तरगत आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा ६ जना महिलासहित ६७ जनाले रक्तदान गरेका छन् । हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय समिति र नेपालगन्ज शाखाको सहकार्यमा भएको रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जलवायु संरक्षण अभियान नेपाल (थ्रीसिएन)का अध्यक्ष हेमन्तराज काफ्ले, थ्रीसिएनका महासचिव एवं नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव काशीराम शर्मा, थ्रीसिएनका कोषाध्यक्ष माया गिरीले रक्तदान गरेका थिए । कार्यक्रमको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलसशम्शेर राणाले गरेका थिए ।

कार्यक्रममा हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी, द आर्ट अफ लिभिङका प्रमुख प्रशिक्षक काव्या लम्सालले रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए । स्वयम्सेवी रक्तदाता युवा समाजसेवी उद्यमी डिला शाह, नियमित रक्तदाता नीरजमान श्रेष्ठ र अधिकारकर्मी रामसुहावन सोनकरले रक्तदान गरेका थिए ।

जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमितरुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’को ४१ औं श्रृङ्खलामा हिमालयन बैंक लिमिटेडको २६ औं वार्षिकोत्सवको अवसरमा रक्तदानमा हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी, कोषाध्यक्ष दीपक गौतम, नेपालगन्ज शाखाका प्रवन्धक शैलेन्द्रमान श्रेष्ठ लगायतले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमका संयोजक एवं पत्रकार पवन जायसवालका अनुसार सरोज रेग्मी, स्वेता बज्राचार्य, अजिता श्रेष्ठ सिंह, दीपज्योति शाही, विक्रम भुषाल, दिक्षा खनाल भुषाल, अनामिका काफ्ले भुसाल, भरत भुषाल, शैयदा शकिना शाह, राजीव पन्त रक्तदान गरेका छन् । भुषाल परिवारबाट चार जनाले एक साथ रक्तदान गरेका थिए ।

कार्यक्रमको आयोजना गरेको जनमत सम्पादक पूर्णलाल चुकेका अनुसार रेडियो कृष्णसारका प्रमोद डिजी, योगराज चौधरी (योगेश), मेघराज जिएम, कलाकारद्वय प्रशान्त केसी, नवराज सुवेदी, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, भगवानशरण यादव, असफाक संघर्ष, सुनिल रत्गैया, सञ्जय बढई, अफरोज जसगढ, होमराज गिरी, योगेश चौधरी, गोपीप्रसाद मौर्य, शेरबहादुर बोहोरालगायतले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको नेतृत्व गरिरहेका नेपाल रेडक्रस सोसाइटी मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले रगत अभाव हुन नदिन नियमितरुपमा जनमत अर्धसाप्ताहिकले गरेको रक्तदान कार्यक्रम प्रभावकारी भएको बताए । २०६३ सालदेखि निरन्तररुपमा गर्दै आएको त्रैमासिक रक्तदान कार्यक्रममा हालसम्म करीब तीन हजार बढी स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।

कतिपय हाम्रा नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक जायसवालले बताए ।

 

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार २०:१०