सूचनाको शक्ति - The Power Of Information

        

दश हजार घुस लिँदै गर्दा चार पक्राउ

बाँके । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय नेपालगन्जमा कार्यरत चार जना कर्मचारी १० हजार घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेन्जर जगबिर केसी, फरेस्टर बहादुर केसी, केशब बहादुर ओली र वन रक्षक हरिबहादुर चन्द रहेका छन् ।
सेवाग्राहीबाट घरको आवाधिक रुख कटानका लागि कागजपत्र मिलाईदिने भन्दै रकम लिएर भागबण्डा गरिरहेको अवस्थामा घुस रकमसहित अख्तियारले उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो । सेवाग्राहीबाट १० हजार रुपैयाँ लिएर रकम बाँडिरहेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपायोग अनुसन्धान आयोग नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिए ।
अख्तियारले नेपालगन्जको सुर्खेत रोडस्थित स्नेहा होटल अगाडीबाट उनीहरुलाई नियन्त्रणमा लिएको बताउँदै प्रमुख गैरेले भने, ‘अख्तियार प्रमुख गैरेका अनुसार पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ ।’

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार २०:४९