सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको होटल माछापुच्छ्रेमा प्रहरीको छापा, नगदसहित जुवाडे पक्राउ

बाँके । नेपाल प्रहरीको प्रदेश नं. ५ को विषेश अनुसंधान व्यूरो र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले बिहिबार नेपालगन्जस्थित पुष्पलालचोकमा रहेको होटल माछापुच्छ्रेमा छापा मारी १० जना जुवाडेलाई पक्राउ गरेको छ ।
जुवाको खालमा बसेका जुवाडेसहित रु.२ लाख ७२ हजार नगदसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । व्यूरोका ईन्चार्ज प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा आएको टोलीले जुवा खेलिरहेको अवस्थामा कैलाश शाक्य, प्रेम लामा, राजु खड्का, उमेश सेरचन, कर्मजित बुढा, सुकदेव गिरी, तिर्थराज रोकाय, नविन चन्द, पूर्णबहादुर थापा र यमबहादुर कटवाललाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय नेपालगन्जको जिम्मा लगाएको हो ।
वडाका ईन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीका अनुसार बिहिबार बेलुकी साढे ५ बजे तिर उक्त होटलबाट जुवाखेल्दै गरेका १० जना जुवाडे र उनीहरुका साथमा रहेको सो नगद रकम बरामद गरेको हो । पक्राउ परेका जुवाडेहरुलाई वडा प्रहरी कार्यालयमा राखी अनुसंन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १०:२४