सूचनाको शक्ति - The Power Of Information

        

निर्मला पन्त प्रकरण : ‘भजाइनल स्वाब’ सँग आमाको डीएनए प्रोफाइल म्याच

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको भजानइल स्वाव र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल म्याच भएको छ । ‘भजानइल स्वाव’प्रति नै सरोकारवालाहरुले आशंका गरेपछि घटनाबारे अनुसन्धान गरिरहेको टोलीले दुर्गादेवीको रगतको नमुना लिएर डीएनए जाँच गर्न प्रयोगशालामा पठाएको थियो ।
दुर्गादेवी पन्तले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् । प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको छ । ‘मृतकको डीएनए प्रोफाइलसँग उनकी आमाको रगतको नमुना म्याच भयो भनेर आएको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले भने, ‘त्यसको टेक्निकल भाषा अटोसोमल एसटीआर’ भनिँदोरहेछ, सर्टकर्टमा प्रोफाइल म्याच भयो भन्ने रिपोर्ट आएको छ ।’

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार १२:००