सूचनाको शक्ति - The Power Of Information

        

चट्याङ्ग लागेर लाल मोहम्मदको मृत्यु

बाँके । चट्याङ्ग लागेर नेपालगन्जमा आज एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पुरवाका ३७ बर्षका लाल मोहम्मद दर्जीको चट्याङ्ग लागेर मृत्यु भएको हो ।
दिउँसो साढे १ बजेतिर परेको चट्याङ्ग लागेर गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार १७:२४