सूचनाको शक्ति - The Power Of Information

        

वाणिज्य विषय पढेकाले औषधि बेच्दै

बाँके । नेपालगन्जको शिक्षण अस्पताल नजिकका तीन औषधि पसलले उपमहानगरपालिकामा व्यवसाय दर्ता नगराएको पाइएको छ । उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन समितिअन्तर्गतको टोलीले बिहीबार अनुगमनका क्रममा सो स्थानका रामलीला, सिटी र सिद्धिविनायक औषधि पसलले व्यवसाय दर्ता नगराएको फेला पारेको सूचना अधिकारी शरद पौडेलले बताए ।
अनुगमनकै क्रममा सिटी औषधि पसलमा वाणिज्य विषय पढेका व्यक्तिले औषधि बिक्री गर्दै आएको पनि टोलीले फेला पारेको थियो । सो औषधि पसललाई टोलीले कडा नसिहत दिनुका साथै औषधि व्यवस्था विभाग र उपमहानगरपालिकाको नियमअनुसार व्यवसाय दर्ता गराउन निर्देशन दिएको छ । उपमहानगरपलिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, औषधि व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालय र अधिकारकर्मीको अनुगमन टोलीमा सहभागिता थियो ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार १३:१४