काठमाडौं । नेपालमा केही दिन पश्चिमी वायुको प्रभाव पर्ने जल तथा मौसम विभागले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण मुलुकको पश्चिमी भेगमा आंशिक बदलीको अवस्था रहेको छ । विभागकी मौसमविद् मञ्जु भाषीका अनुसार आज (आइतबार) दिउँसो देशको पश्चिमी भू–भागका साथै पूर्व र मध्यका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भेगका केही स्थानमा हल्का हिमपातको संभावना रहेको भाषीले बताइन् । काठमाडौं उपत्यकामा आज विहान ६ बजेको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको छ । आज उपत्यकाको उच्चतम तापक्रम १७–१९ डिग्री सेल्सियससम्म पुग्ने मौसम विद् भाषीले बताइन् ।
आइतबार राति देशको पश्चिमी भूभागमा बदली हुने र देशको अन्य भेगमा आंशिक बदली रहने जनाइएको छ । पश्चिमी पहाडी भेगको थोरै स्थानमा छिटफुट वर्षाको संभावना रहेको छ । पश्चिमी हिमाली भेगमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ ।
यस्तै भोलि (सोमबार) दिउँसो देशको पश्चिमी र मध्य भू–भागमा बदली हुने र अन्य भेगमा आंशिक बदली हुने तथा पश्चिमी र मध्यका केही स्थानमा छिटफुट वर्षाको संभावना रहेको जनाइएको छ । साथै पश्चिमी र मध्यका हिमाली भेगमा हल्का हिमपातको संभावना रहेको बताइएको छ ।
भोलि राति देशको पश्चिमी र मध्य भेगमा सामान्यतया बदली रहने र अन्य भेगमा आंशिक बदली हुने जनाइएको छ । पश्चिमी र मध्यका केही स्थानमा हल्का वर्षाको संभावना रहेको बताइएको छ । पश्चिमी र मध्यका हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको विभागले बताइएको छ ।
त्यस्तै, मंगलबार दिउँसो देशको पश्चिमी र मध्य भू–भागमा सामान्यतया बदली हुने र अन्य भू–भागमा आंशिक बदली रहने जनाइएको छ । पश्चिमी र मध्यका केही स्थानमा हल्का वर्षाको संभावना रहेको बताइएको छ । पश्चिमी र मध्यका हिमाली भेगमा हल्का हिमपातको पनि संभावना रहेको बताइएको छ ।
त्यस्तै मंगलबार राति देशको अधिकांश स्थानहरुमा सामान्यतया बदली रहने र पश्चिमी र मध्यका केही र पूर्वका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको तथा साथै हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको विभागले जनाएको छ ।
सत्यपाटी - ।