सूचनाको शक्ति - The Power Of Information

        

मेलमिलापकर्तालाई पुनःताजगी तालिम

बाँके । खजुरा गाउँपालिकाले आयोजना गरेको मेलमिलापकर्ताहरुका लागी पुनःताजगी तालिम शनिबार सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले मुलुककै नमूूना न्याय दिने गाउँपालिकाको रुपमा स्थापित गर्न सहभागीलाई आग्रह गरे ।
उनले मेलमिलापकर्ताहरुले आफूले मेलमिलाप गराउँदा बिना पूर्वाग्राही ढंगबाट काम गर्ने बिश्वास लिएको बताए । प्रमुख कक्षपतिले सबैले सकारात्मक सोचका साथ काम गर्न आग्रहसमेत गरे । खजुरा गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक एकमाया बिकले सबैलाई अनुभूत हुने न्याय दिलाउने अभिभारा मेलमिलापकर्तामा आएको बताइन् ।
कार्यक्रममा सहभागीको तर्फबाट आफ्नो धारणा राख्दै जीवनाथ सापकोटा र नशिरुल निशाले तालिमले आफूहरुलाई उर्जा थपेको बताए । पुनः ताजगी तालिममा खजुरा गाउँपालिका ८ वडाबाट १५ महिला र ३५ पुरुष गरी ५० जनाको सहभागिता रहेको थियो । तालिम अधिवक्ता भानुभक्त रिजाल र राधेश्याम थारुले दिएका थिए ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतवार ०७:४८