सूचनाको शक्ति - The Power Of Information

        

किसानलाई  आकर्षित गर्न तालीम : मन्त्री पौडेल 

बाँके । प्रदेश नं ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले मागको आधारमा किसानलाई व्यावहारिक तालीम दिँदै नयाँ पुस्तालाई कृषि पेशामा आकर्षित गर्नेतर्फ प्रदेश सरकार लागि रहेको बताएकी छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ महादेवपुरीमा आज कृषक समूहमा आबद्ध कृषकसँग पशु, कृषि र सिँचाइका विषयमा छलफल गर्दै उनले भूमि व्यवस्थापन, कृषिमा आधुनिकीकरणसहितका योजना अगाडि सारेर प्रदेश सरकारले पाँच नं प्रदेशलाई समृद्ध प्रदेश बनाउने आधार तय गरेको जानकारी दिइन् ।

उनले ती योजनाको सफल कार्यान्वयनको लागि स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्यको गरेर अघि बढ्ने बताइन् । मन्त्री पौडेलसँग गाउँपालिकाका किसानले कृषिको लागि सिँचाइमा प्रयोग हुने बोरिङ लगायतका उपकरण र पशुपालनमा अनुदान हुनुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार १९:२७