सूचनाको शक्ति - The Power Of Information

        

पचास घरधुरीलाई न्यानो कपडा

हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिकाले स्थानीयलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिका अध्यक्ष कृष्ण रोकायाको पहलमा उक्त गाउँपालिकामा रहेका वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।
मौसम परिवर्तन भएसँगै जिल्लामा चिसो अत्यधिक बढ्दै गएको छ । चिसोबाट बच्न सर्केगाड गाउँपालिकाले आफ्ना आठै वडाका ५० घरधुरीलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिका सूचना अधिकारी कर्णजङ्ग शाहीले बताए । चिसोबाट बच्न ज्याकेट, पाइन्ट, गुन्यू चोलो वितरण गरिएको हो ।
छायाँ नेपाल काठमाडौं हिमालयन भिजन फाउण्डेशनको आर्थिक सहयोगमा न्यून आए भएकालाई बुधबार न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण रोकाया र वडापालिका अध्यक्ष कर्णजङ्ग शाहीको विशेष सहयोगमा वितरण गरिएको हो ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार १३:४९