सूचनाको शक्ति - The Power Of Information

        

पाँच स्थानीय तह दमकलविहीन, सिङ्गो जिल्ला तीन वटा दमकलको भरमा

बाँके ।  बाँकेका आठमध्ये पाँचवटा स्थानीय तह बारुणयन्त्र (दमकल) विहीन रहेका छन् । स्थानीय तहले करोडौंका दर्जनौं सवारी साधन खरिद गरेपनि यी तहले दमकल र एम्बुलेन्स खरिदका लागि कुनै चासो देखाएका छैनन् । नेपालगन्ज उपमहानगरपालिका मातहतमा दुईवटा दकमल छन् ।
तर एउटा दमकल बषौंदेखि बिग्रेर बेकामे बनेको छ । एउटा भने नयाँ काम गर्ने अवस्थामै रहेको छ । बिग्रेको दकमल मर्मतका लागि उपमहानगरपालिकाले चासो देखाएको छैन् । गर्मी बढेसँग हुने आगजनीका घटनामा त्यहि उपमहानगरको एउटा दकमलले बाँके जिल्ला धान्नुपर्ने अवस्था छ ।
त्यस्तै कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक–एक वटा दमकल रहेका छन् । बैजनाथ, खजुरा, राप्तीसोनारी, डुडुवा र जानकी गाउँपालिकामा भने अहिले पनि दकमल छैनन् । यी स्थानीय तहले एम्बुलेन्स समेत खरिद गर्न सकेका छैनन् । तर, प्रत्येक गाउँपालिकामा आवश्यकता भन्दाबढी र महँगा गाडी खरिद हुँदै आएका छन् ।
आकस्मिकरुपमा आगलागी हुँदा निभाउने यन्त्र नभएपछि प्रत्येक बर्ष गर्मीयाममा समस्या हुने गरेको छ । दमकल अत्यावश्यक भए पनि बजेट अभावमा यो वर्ष खरीद गर्न नसकेको गाउँपालिकाहरूले बताउँदै आएका छन् । अत्यावश्यक रुपमा रहेको दमकल नहुँदा आगलागीबाट ठूलो क्षति व्यहोर्दै आउनुपरेको छ ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार १३:१९