सूचनाको शक्ति - The Power Of Information

        

बन्धक बनाएर राखेकी किशोरीको उद्धार

कैलाली । कैलालीमा अपहरण गरी लगिएका एक किशोरको प्रहरीले उद्धार गरेको छ । ६ जना मिलेर अपहरण गरी बन्धक बनाइराखेको अवस्थामा कैलाली गोदावरी नगरपालिका–६ तेघरी घर भई धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित होटल जलसामा हेल्परको काम गर्ने १७ वर्षीय वसन्त भाटलाई प्रहरीले उद्धार गरेको हो ।
उनलाई अपहरण गरी बन्धक बनाउने डोटी पूर्वी गाउँपालिका–२ फुलौट बस्ने २१ वर्षीय चक्र खड्का, कैलाली धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने १९ वर्षीय कुन्दन जोशी र कैलाली धनगढी उपमहानगरपालिका–२, बैयाबेहडी बस्ने १९ वर्षीय हर्केश बागलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई मंगलबार पक्राउ गरिएको र घटनामा संलग्न अन्य तीन अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही होटलमा काम गर्ने चक्र खड्कासमेत ६ जना मिलेर कुटपिट गर्दै जबर्जस्ती मोटरसाइकलमा हालेर अपहरण गरी लगेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा बन्धक बनाइ कुटपिट गरेको अवस्थामा भाटलाई उद्धार गरेको हो । उनीहरूका साथबाट प्रहरीले से.७ प ३४४५ नम्बरको मोटरसाइकल र ३ थान मोबाइलसमेत बरामद गरेको छ । भाटलाई अपहरण गर्नुको कारण तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार १३:२५