सूचनाको शक्ति - The Power Of Information

        

जवानमा चौथो पटक दोहोरिए याकुब

बाँके । नेपाल जडिबुटी व्यवसायी संघ (जवान)को २० औं साधारण सभाबाट चौथो कार्यकालको लागि अध्यक्षमा मो.याकुव अन्सारी पुनः दोहोरिएका छन् । प्रदेश सांसदसमेत रहेका अन्सारीले प्रतिद्वन्द्वी शकिल अहमद जसगढलाई पराजित गर्दै विजयी भएका हुन् ।
तेस्रो कार्यकालसम्म उपाध्यक्षको भूमिकामा रहेका जसगढलाई ३७ मतान्तरले पराजित गर्दै अन्सारी चौथो कार्यकालको लागि निर्वाचित भएका हुन् । आइतबार भएको निर्वाचनको मतगणना अनुसार अन्सारीले ९८ मत ल्याएका थिए भने जसगढले ६१ मत ल्याएका थिए ।
यस्तै उपाध्यक्ष पदमा हाजी मो.युनुस हल्वाई निर्वाचित भएका छन् । उनले ८५ मत ल्याई निर्वाचित भए भने मानबहादुर ओलीले ७३ मत ल्याएका थिए । संघको महासचिव, कोषाध्यक्ष र कार्यसमितिमा भने निर्विरोध भइसकेको थियो । अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत नभएपछि आइतबार निर्वाचन भएको थियो ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष मो.याकुव अन्सारी, उपाध्यक्ष हाजी मो.युनुस हल्वाई, महासचिव मो.रहीस हलवाई, कोषाध्यक्ष मो.असलम हलवाई रहेका छन् । कार्यसमिति सदस्यहरुमा मो.सदाव हल्वाई, हफिजुर रहमान अन्सारी, सन्तोषकुमार बर्मा, अख्तर अलि हल्वाई, मो ईद्रिस हल्वाई, मो. समिम हल्वाई, मो. आजम हल्वाई निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३० पुष २०७५, सोमबार ०६:४५