सूचनाको शक्ति - The Power Of Information

        

स्वकीय सचिव राईलाई पितृशोक

बाँके । संघीय समाजवादी फोरम बाँकेका प्रवक्ता एवं शहरी विकासमन्त्री मो.इस्तियाक राईका स्वकीय सचिव समशुल हक राईलाई पितृ शोक परेको छ । दुई बर्षअघि दुर्घटनामा परेर गम्भीर घाइते भएका उनका बुवा मुस्तकिम कवडियाको ६७ बर्षको उमेरमा निधन भएको हो ।
कवडियाको शिक्षण अस्पताल नेपालगन्जमा निधन भएको थियो । दुर्घटनाका कारण छातीमा समस्या रहेका कवडियाको नियमित उपचार भइरहेको थियो । कवडियाको साईगाउँस्थित निवासमा बेलुका इस्लाम परम्परा अनुसार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २९ पुष २०७५, आइतवार १८:४३