पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक विकासका लागि उद्यमशीलता आवश्यक हुने बताएका छन् । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा आजदेखि शुरु भएको पोखरा महोत्सव उद्घाटन गर्दै उनले प्रत्येक नेपाली जागिर खाने नभई खुवाउने बन्नका लागि उद्यमशीलताको विकल्प नभएको बताए ।
युनाइटेड क्लब पोखराले चिडियाखाना निर्माणका साथै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खेल्दै आएको भूमिका प्रशंसनीय भएको उनको भनाइ थियो । सांसद खगराज अधिकारीले शैक्षिक उन्नयनका साथै मानव जीवनलाई प्रकृतिसँग जोड्ने लक्ष्यसाथ युनाइटेड क्लब सक्रिय बन्दै आएको बताए ।
क्लबका संस्थापक अध्यक्ष एवं पोखरा जुलोजिकल पार्क निर्माण समितिका अध्यक्ष हिमालय बख्रेलले क्लबको सक्रियतामा निर्माणाधीन पार्कमा केही वन्यजन्तु उद्धार केन्द्र स्थापना भई सञ्चालनमा आइसकेको बताए । आजदेखि सुरु भएको महोत्सव माघ ८ गतेसम्म चल्नेछ ।
।