सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज महोत्सव नियम विपरित : व्यवसायी

बाँके । बिहीबारबाट हुन गइरहेको नेपालगन्ज कृषि, पर्यटन, व्यापार तथा बृहत साँस्कृतिक महोत्सव–२०७५ रोक्न नेपालगन्ज उद्योग वाणिज्य संघले स्थानीय प्रशासन गुहारेको छ । नियम विपरित एजी सर्भिस प्रालिले महोत्सवको आयोजना गर्न लागेको भन्दै संघले मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेलाई गुहारेको हो ।
उद्देश्यभन्दा बाहिर गएर स्टल लगायतका सेवा सुविधा दिन लागेकोे भन्दै नियम अनुसार गराउन संघको टोली ध्यानाकर्षण पत्र बोकेर प्रशासनमा पुगेको थियो । महोत्सवलाई स्थानीय व्यवसायीहरुले नै असहयोग गरेपछि महोत्सव असफल हुने सभ्भावना देखिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व कार्यालय नेपालगन्जबाट दिएको प्रमाणपत्रको उद्देश्य अनुसार महोत्सव सञ्चालन गराउन माग गर्दै संघ प्रशासनमा पुगेको संघका महासचिव अजय टण्डनले बताए ।
उद्देश्य विपरित महोत्सव सञ्चालन हुन गइरहेकाले संघले बाध्य भएर प्रशासन कार्यालय पुगेको उनको भनाई छ । संघको टोलीले प्रमुख जिल्ला अधिकारीलाई उद्वेश्य अनुसार महोत्सव सञ्चालन गराउन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको थियो । यता आयोजक एजी सर्भिस प्रालिले भने नियममा नै रहेको महोत्सव सञ्चालन गर्न लागेको बताएको छ । बिहीबारबाट उद्घाटन हुने महोत्सवको तयारी समेत तीव्ररुपमा अघि बढाइएको छ ।

प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार १८:०७