बाँके । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा रहेको भेरी अञ्चल अस्पताललाई सात करोड बजेट विनियोजन गरेको छ । मन्त्रालयले अस्पतालको भौतिक पूर्वाधार तथा सेवा सुविधा बृद्धिका लागि ७ करोड २० लाख ८० हजार थप बजेट बिनियोजन गरेको हो ।
प्रदेश सरकार आर्थिक वर्ष २०७५/०७६ को बजेटका अतिरिक्त सामाजिक विकास मन्त्रालयले उक्त बजेट थप गरेको अस्पतालका प्रमुख रूपानन्द अधिकारीले बताए । सामाजिक विकास मन्त्रालयको मंसिर १९ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार भेरी अञ्चल अस्पताल लगायत प्रदेशको अन्य अस्पताललाई थप रकम बिनियोजन गरिएको उनले सोमबार जानकारी दिए ।
बुटवलको लुम्बिनी अस्पताल, राप्ती अस्पताल तुलसीपुर, आयुर्बेद चिकित्सालय बिजौरी दांगलाई थप रकम बिनियोजन गरिएको हो । अस्पतालका अनुसार भेरी अञ्चल अस्पताललाई मेशिनरी तथा औजार मर्मत सम्भार तथा सन्चालन खर्च (सिटिस्क्यान मेशिन मर्मत) शिर्षकमा ३६ लाख थप बिनियोजना गरिएको छ । त्यस्तै निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च, इलेक्टिक वायरिंग, मर्मत प्रसुतीवाडको गुणस्तर सुधारका लागि एक करोड १५ लाख बिनियोजन गरिएको छ ।
सत्यपाटी - ।