सूचनाको शक्ति - The Power Of Information

        

नयाँ शक्ति विद्यार्थी युनियनको कर्णाली प्रदेश संयोजकमा रविकिरण

काठमाडौं । नयाँ शक्ति पार्टी सम्वद्ध नयाँ शक्ति विद्यार्थी युनियनले कर्णाली प्रदेशको संयोजकमा रविकिरण हमाललाई तोकेको छ । पौष २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा बसेको केन्द्रिय पदाधिकारी बैठकले हमाललाई कर्णाली प्रदेश संयोजकको जिम्मेवारी दिएको हो । पार्टी हेर्डक्वाटर सदस्य गंगा नारायण श्रेष्ठको उपस्थितिमा बसेको बैठकले विविध बिसयमा गम्भीर छलफल गरेर स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा फरक तरिकाबाट भाग लिने निर्णय गरेको छ ।
त्यस्तै देशका शैक्षिक संस्थाहरुलाई गुणस्तरीय र सर्वसुलभ बनाउन विद्यार्थीको हकहितका लागि निरन्तर संघर्ष गर्ने भएको छ । केन्द्रिय नेताहरू ७ वटै प्रदेशमा माग पहिलो हप्तासम्म अगुवा कार्यकर्ता भेला सम्पन्न गर्न देशदौडाहामा जाने भएका छन् । नेपालमा अहिलेकै परिपाटी र प्रणालीबाट चलेरहेका बिश्वविद्यालय र कलेजहरुबाट समृद्ध नेपाल निर्माणका लागि जनशक्ति उत्पादन नहुने ठहर गर्दै बैकल्पिक शिक्षा नीति बनाउन कार्यदल बनाएर अगाडि जाने निर्णय गरेको छ ।
त्यस्तै छात्रा विभाग प्रमुखमा मिनु बिस्टलाई जिम्मेवारी दिइएको छ । साथै राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरिएका विश्वविद्यालय तथा क्याम्पसका पदाधिकारीबाट गरिने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निष्पक्ष नहुने भन्दै निर्वाचन आयोगले गर्नुपर्ने मागसमेत राख्ने भएको छ । लोकतान्त्रिक मुल्य र मान्यतालाई स्थापित गर्न स्ववियु निर्वाचनलाई विषेश प्राथमिकता दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार ०७:०८