बाँके । बाँकेको खजुरा गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमार्फत १५ सय जेष्ठ नागरिकले घरदैलोमै उपचार सेवा लिएका छन् । गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरमा सबैभन्दा बढी आँखाका १ हजार ८४, कानका ३२६ र मधुमेहका १०९ जना बिरामी भेटिएका छन् ।
नमूना गाउँपालिका निर्माणका लागि त्यस क्षेत्रभित्र बसोबास गर्ने नागरिक स्वस्थ हुन जरुरी रहेको भन्दै गाउँपालिकाका ८ वटै वडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिएको हो । सामाजिक सुरक्षा कार्यक्रममा सहभागी जेष्ठ नागरिकका लागि आँखा, कान, मधुमेह, उच्च रक्तचाप जाँच गर्नुका साथै उनीहरुलाई १५ दिनका लागि निःशुल्क औषधी वितरण गरिएको छ ।
गाउँपालिकाले वडा वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधी उपलब्ध गराएपछि जेष्ठ नागरिक हर्षित भएका छन् । स्वास्थ्य सम्बन्धी विभिन्न समस्या झेलिरहेका जेष्ठ नागरिकहरुले शिविरमा सञ्चालित विशेषज्ञसहितको सेवाले आफुहरुलाई टेवा पु¥याएको बताएका छन् । अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई दैलोमा सेवा प्राप्त गराएको गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले बताए ।
खजुरा गाउँपालिका क्षेत्रमा रहेका २ हजार ३४९ जेष्ठ नागरिकलाई आँखा, कान, मधुमेह, उच्च रक्तचापलगायतका सेवा दिने उद्देश्यले यही पुस १६ गतेदेखि २३ गतेसम्म ८ वटै वडामा शिविर सञ्चालन गरिएको थियो । अध्यक्ष कक्षपतिले गाउँपालिकालाई नमूना बनाउने प्रयास भइरहेकोमा त्यसका लागि नागरिक स्वस्थ हुनु पहिलो शर्त भएको बताउँदै भने, ‘जेष्ठ नागरिकका लागि २ पटकसम्म स्वास्थ्य परीक्षण गर्ने हाम्रो उद्देश्य हो ।’
फत्तेवाल आँखा अस्पताल, व्रिनोज कान अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगन्ज र क्यान्सर अस्पताल खजुराले विशेषज्ञसहितको टोली पठाएर प्राविधक सहयोग गरेको थियो । त्यस्तै डा. राजन पाण्डे, विनोद कर्ण, जे शर्मा मेडिकल, शाक्य मेडिकल, कोयष्ट र ब्लुक्रस फर्मास्युटिकलले औषधि सहयोग गरेकोस्वास्थ्य शिविर सञ्चालन संयोजक लक्ष्मी केसीले बताइन् ।
वडा नंं. ८ का वडाध्यक्ष फिरोज खानको अध्यक्षतामा आज सोमवार भएको समापन कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्यायले महत्वपूर्ण सेवामध्येको स्वास्थ्य सेवा भएकाले नागरिकलाई दैलोमै सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।
।