सूचनाको शक्ति - The Power Of Information

        

धर्ममा राज्य विभेदकारी हुनुहुँदैन : मन्त्री रावल

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले धर्ममा राज्य विभेदकारी हुन नहुने बताएका छन् । ख्रीष्टमस तथा नयाँ वर्ष २०१९ को शुभारम्भ अवसरमा इसाइ समाज, सुर्खेतद्वारा यहाँ आयोजित ‘शुभकामना आदानप्रदन’ कार्यक्रममा मन्त्री रावलले मुलुकमा सबै धर्मको अधिकार समान रहेको बताए ।
‘राज्य सबै धर्म, जाति, भाषिक, वर्ग, लिङ्ग, उत्पीडित, उपेक्षित, अल्पसंख्यक र सीमान्तकृतको अभिभावक हो,’ उनले भने, ‘सबैलाई समान ढङ्गले संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्छ ।’ कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले राज्यको कुनै धर्म नहुने तर्क गरे । प्रदेशसभा सदस्य सीता नेपाली र प्रदेशसभा सदस्य राजु गुइदेलले मुलुक सङ्घीय संरचनामा गइसकेकाले सबै नेपालीका अधिकार संस्थागत गर्न सकिए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पूरा हुने बताए ।
इसाइ समाज केन्द्रीय समितिका महासचिव डिल्लीराम पौडेलले मानिसको भित्री परिवर्तनले मात्र देशको परिवर्तन सम्भव रहेको बताए । राप्रपाका कर्णाली प्रदेश प्रमुख जनकसिंह ठकुरीले मुलुकमा सबै धर्म बराबर भएको बताए ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार ०७:४२