कलिलो अनुहार, कानमा मुन्द्रा लगाएका सन्दीप लामिछाने । हातमा पातलो सेतो रङको घडी र रङ्गीन ट्याटु । जसमा ‘कर्म’ लेखिएको छ (जस्तो कर्म गर्यो, त्यस्तै फल पाइन्छ), जुन त्यतिकै आकर्षक पनि छ । झट्ट हेर्दा नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप जति आकर्षक र मायालु देखिन्छन्, क्रिकेटको मैदानमा विपक्षी ब्याट्सम्यानका लागि त्यतिकै क्रुर र निर्दयी छन् ।
त्यसैले त नवलपरासीबाट धुलो उडाउँदै चितवन पुगेका सन्दीप अहिले विश्व क्रिकेटकै एउटा अमूल्य सम्पत्ति बनिसकेका छन् । २० ओभरको क्रिकेटमा विश्वकै सबभन्दा ठूलो इन्डियन प्रिमियर लिगदेखि अस्ट्रेलियाको बिग बास लिगसम्मको यात्रा गर्ने क्रममा उनले क्यारेबियन प्रिमियर लिगमा पनि आफ्नो प्रभाव स्थापित गरिसकेका छन् । यसैगरी बंगलादेश प्रिमियर लिग र पाकिस्तान प्रिमियर लिग उनका आगामी गन्तव्य बनेका छन् ।
अस्ट्रेलियाको बिग बास लिगमा जारी सिजनबाट यात्रा सुरु गर्ने क्रममा उनले तीन खेलमा सात विकेट लिएर सनसनी मच्चाइसकेका छन् । जसका कारण नवलपरासीको १८ वर्षे ठिटो अस्ट्रेलियाली सञ्चार माध्यमहरुमा पनि प्रभावशाली स्थान पाउन लायक भएका छन् । कलिलो अनुहार, कानको मुन्द्रा, हातको घडी र ट्याटुका कारण सहयात्री र समर्थकबीच मायालु छविका सन्दीप कसरी मैदानमा कठोर, आक्रामक र निर्दयी हुन सक्छन् त ?
एउटा अस्ट्रेलियाली सञ्चारमाध्यमले उनीबारे लेखेको छ, ‘हुनसक्छ ब्याट्सम्यानहरु विचलित भएर मेरो बलमा हेर्न सक्दैनन्,’ लामिछाने फिस्स हाँसे । जे जस्तो भए पनि सामान्य जीवन बाचिरहेका छन्, नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर लामिछाने । सन् २०१८ मा अष्ट्रेलियाका पूर्व टेष्ट कप्तान रिकी पोन्टिङ (दिल्ली) स्टेफन फ्लेमिङ (मेलबर्न स्टार) र क्रिस गेल (टि १० लिग) सँगको सान्निध्यका साथै एबी डी भिलिर्सलाई एलबीडब्लुमा धरापमा पार्दै इन्डियन प्रिमियर लिगको डेब्युु गर्नु ।
यी सबै लामिछानेको अहिलेसम्मको क्रिकेट करियरका सम्झनलायक घटना हुन् । गएको जनवरीमा पोन्टिङसँग दिल्लीमा केही सिक्ने अवसर पाएका लामिछानेले वकार युुनिसको प्रशिक्षणमा बंगलादेश प्रिमियर लिग खेल्दा डेविड वार्नर टिमको कप्तान थिए । लामिछानेलाई १७ वर्षको उमेरमा आइपिएल डेब्युको अवसर दिएका पोन्टिङले सन्दीपलाई क्रिकेटमा ‘नेपालका बादशाह’ को दर्जा दिइसकेका छन् ।
दिल्लीमा हुँदा ग्लेन म्याक्सवेलसँग खेल्ने अवसर पाएका सन्दीपले मेलबर्न स्टार्समा उनैको कप्तानीमा खेलिरहेका छन् । ‘उनी साँच्चिकै आत्मविश्वासी छन्,’ म्याक्सवेलले भनेका छन् । स्टार लामिछानेले अहिलेसम्म तीन गीतमा समेत आवाज दिइसकेका छन् । लामिछानेले गीतमात्रै गाएनन्, आफैंले लेखे पनि । आफूले लेखेको गीतमा रङ्ग भर्न गीतकार र गिटारिष्टहरुलाई दिएका थिए । जसले उनको पहिलो गीतलाई गर्भमै अन्त्य गरे ।
‘पहिलो गीत त्यति राम्रो भएन । गीतकार र गिटारिष्टहरुले त्यसै भने,’ सन्दीपले भने, ‘त्यो राम्रो थिएन तर, पछि मैले राम्रो गीतबाट सुुरु गरेँ ।’ उनलाई उनको गीतले उचाइ नदिए पनि बलिङले भने छोटो समयमा नै चर्चा दिएको छ । मेलबर्न स्टार्सबाट ७ विकेट लिँदै तीन चरण सकिँदासम्म उनी सर्वाधिक विकेट लिनेको सूचीमा सबभन्दा अगाडि थिए ।
‘हो, उनले केही गर्ने साहस गरेका छन्,’ फ्लेमिङले अगाडि भने, ‘उनी धेरै आत्मविश्वासी र आफ्नो कुरामा अडिग छन् । एउटा कम उमेरको केटोले ठूलो रंगशालामा खेल्ने अवसर पाउनु राम्रो संकेत थियो ।’ पोन्टिङले लामिछानेलाई ठूलो प्लेटफर्म दिए पनि माइकल क्लार्कको साथ उनलाई त्यो भन्दा अगाडिदेखि थियो । क्लार्कसँग लामिछानेले क्वालोन क्यान्टोसका सहकर्मीका रुपमा हङकङ टि–२० प्रतियोगितामा २०१६ मा भेट भएको थियो ।
‘हामी हरेक दिन सँगै बसेर नजिकबाट कुरा गथ्र्यौं । उनी मेरो कान्छो भाइजस्तै हुन्,’ हेराल्ड सनले भारतमा रहेका क्लार्कलाई उद्यृत गर्दै लेखेको छ, ‘मैले उनलाई १५ वर्षको हुँदा भेटेको हुँ । जहाँ हामीले नेटमा सँगै खेलेका थियौं । मैले उनमा अद्भूत क्षमता देखेको थिएँ । जसमा सिक्ने र राम्रो गर्ने दृढ इच्छा थियो । त्यसैले मैले उनलाई प्रायोजन गरेर एक हप्ताका लागि अष्ट्रेलियास्थित मेरो एकेडेमीमा अभ्यासका लागि बोलाएको थिएँ ।’
हेराल्ड सनले अगाडि थपेका छन्, ‘त्यसपछि मैले उनलाई मेरो ग्रेड क्लब वेष्टर्न सुबर्समा खेल्न बोलाएको थिएँ । उनी एक असाधारण युवा खेलाडी हुन् । निकै क्षमतावान लेग स्पिनर, जसले मात्रै अवसर खोजेको थियो । उनको सपना बिग बास खेल्ने थियो । जुन अहिले पूरा भएको छ । मलाई उनीप्रति गर्व छ ।’ लामिछानेले बिग बासमा मेलबर्न स्टार्सबाट बलिङ गरेको पहिलो ओभरमा ३ रन खर्चेर २ विकेट लिएका थिए ।
दोस्रो ओभरमा सिड्नी थन्डरका कप्तान सेन वाट्सनलाई आउट गर्दा मायालु सन्दीप शेरजस्तो देखिएका थिए । जहाँ खुसी मनाउन उनले कप्तान म्याक्सवेलको साथ पाए । म्याक्सवेलले वाट्सनलाई आउट गरेको खुसीमा सन्दीपलाई बोकेर हावामा उचालेका थिए । म्याक्सवेलले लामिछानेलाई उचालेको तस्बिर आफ्नो फेसबुकको कभर फोटो राखेका छन् । जहाँ उनका २ लाख ७ हजार ५४४ जना फलोअर छन् ।
‘उनले हरेक दिन मुुस्कानसहित बल फाल्थे,’ पोन्टिङले अगाडि थपे, ‘ऊ साँच्चिकै क्रिकेटलाई माया गर्छ । हामीसँग हुँदा अभ्यास सेसनमा हामीले उसलाई बलिङ छोडेर आराम गर्न भन्नुपथ्र्यो ।’ पश्चिम नेपालको सिमेन्ट पिचमा बलिङ गर्दै हुर्किएका लामिछानेले भिडियो हेर्दै सेन वार्नको लेग स्पिनलाई आफ्नो करियरका रुपमा पछ्याएका हुन् ।
‘क्रिकेट एक मात्रै त्यस्तो चिज हो । जसलाई मैले बच्चा बेला देखि पछ्याएको हुँ,’ लामिछानेले अगाडि भने, ‘त्यहाँ गर्नलाई केही पनि हुँदैन थियो । किनकी म फुुटबलको राम्रो खेलाडी थिइन र अन्य खेल मैले पछ्याइन ।’ लामिछानेका स्टार सहकर्मी ट्राभिस डेनले नेटमा लामिछानेविरुद्ध ब्याटिङ गर्न समस्या भइरहेको बताएका छन् । उनको रोङ—अन पावर बलको नम्बर बढाउन निकै कठिन हुन्छ ।
पोन्टिङले लामिछानेलाई फाइनल यात्रा टुंगिएपछि मात्रै आइपीएलमा अवसर दिएका थिए, जसमा सन्दीपले ३ खेलमा ५ विकेट लिएका थिए । ‘उनले आइपीएलमा केही ठूला विकेट लिएका थिए,’ म्याक्सवेलले अगाडि भने, उनले आइपीएलमा सुन्दर बलिङ गरे । ढिलो मैदान उत्रिए पनि धेरै प्रभाव पारेका थिए । जुन तरिकाले उनले बलिङ गर्छन् । त्यसबाट उनले मैदानमा आफूलाई जमाइरहेका छन् ।’
‘मेलबर्नमा रहँदा उनको बलिङ शैली थप सुधार हुँदै जानेछ,’ फ्लेमिङले भने, ‘उनी सिकारु खेलाडी हुन् । तर, उनको बलिङ विविधता र ब्याट्सम्यानलाई झुुक्काउने तरिका राम्रो छ ।’ मेलबर्नमा आफूलाई स्थापित गर्न सफल लामिछाने मेलबर्न डर्बीमा रेनेगार्डसविरुद्ध आक्रामक रुपमा प्रस्तुुत हुुने लक्ष्यमा छन् । ‘रंगशालामा रहेका प्रशंसकहरुले मेलबर्न स्टार्सको समर्थन गरुन् भन्ने म चाहन्छु,’ लामिछानेले आह्वान गरे, ‘तपाईं पनि माया गर्नुस् । हामीले मेलबर्नमा बस्ने सबैलाई खुसी हुन भनेका हौं ।’
लामिछानेले मेलबर्नको पहिलो रोजाइमा आफूलाई स्थापित गरिसकेका छन् । मेलबर्नमा रहेको नेपाली समुदायले सन्दीप अष्ट्रेलिया पुुगेपछि केही खेलका लागि टिकट बुक गरेका थिए । झण्डै ६ सय नेपाली क्रिकेट प्रशंसकले गाब्बाबाट फ्रेब्रुअरी ८ मा हुुने स्टारर्स—विरिसबाने हिटबीचको खेल हेर्न टिकट लिइसकेका छन् । ‘नेपालका मानिसहरु वास्तवमै विनम्र र राम्रा छन्,’ लामिछानेले आफ्ना प्रशंसकको प्रशंसा गर्दै भने, ‘हामी साँच्चै भाग्यशाली छौं ।’
लामिछानेले ‘म आफू जन्मिएको मेरो सुन्दर देश नेपालका लागि खेलिरहेको छु । म विश्व क्रिकेट स्टारहरुसँग खेल्दैछु, त्यसकारण पनि म भाग्यमानी छु । म आफ्नो तर्फबाट राम्रो गर्ने प्रयास गरिरहेको छु र सबै नेपाली खेलाडीहरुले राम्रो खेल्ने प्रयास गरिरहेका छन् । हामी राम्रो देशसँग प्रतिस्पर्धा गर्न चाहन्छौं,’ लामिछानेले अहिलेसम्म सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास नगरेको बताएका छन् । तर, १८ वर्षीय नेपाली क्रिकेटर लामिछाने क्रिकेटको शिखरमा पुुग्नेछन् ।
२०१८ मा सन्दीप
खेल– १५
विकेट– २१
स्ट्राइक रेट– १४ः६
इकोनोमि रेट– ७ (पर ओभर)
बीबीएलमा
खेल– ३
विकेट– ७
स्ट्राइक रेट– १०.३
इकोनोमि रेट– ६.५
(तेस्रो चरणसम्म आइपुुग्दा)
एजेन्सी - ।