सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज जेसिजको अध्यक्षमा शाक्य, जुनियर जेसिजमा शिशिरराज

बाँके । नेपालगन्ज जेसिज वर्ष २०१९ को अध्यक्षमा रत्नकाशी शाक्य निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न शाखाको ३७ औं अधिवेशनबाट अध्यक्षमा शाक्य निर्वाचित भएका हुन् । मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धी प्रज्वलकुमार श्रेष्ठलाई चार मतले पराजित गर्दै शाक्य निर्वाचित भएका हुन् ।
निर्वाचन आयुक्त रोशनकुमार श्रेष्ठका अनुसार खसेको जम्मा ४८ मतमध्ये शाक्यले २६ मत प्राप्त गरेका थिए भने श्रेष्ठले २२ मत प्राप्त गरेका थिए । प्रज्वल नेपालगन्ज जेसिज वर्ष २०१८ का कार्यकारिणी उपाध्यक्ष हुन् भने शाक्य कोषाध्यक्ष हुन् । नेपालगञ्ज जेसिजमा जम्मा ५७ जना सदस्य रहेका छन् ।
यस्तै नेपालगन्ज जुनियर जेसिज वर्ष २०१९ का लागि शिशिरराज मेचे अध्यक्षमा चयन भएका छन् । अधिवेशनले अध्यक्ष मेचेसहितको पदाधिकारीलाई सर्वसम्मतले चयन गरेको हो । कार्यकारिणी उपाध्यक्षद्धयमा दिपा भट्टराई र अरुण सिंह चयन भएका छन् । उपाध्यक्षत्रयमा सृजन शाह, सरिता थापा र गणेश न्यौपाने चयन भएको निर्वाचन आयुक्त श्रेष्ठले जानकारी दिए ।
अधिवेशनमा उदघाटन शत्रमा नेपाल जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष रबिन्द्र कर्ण, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालगन्ज जेसिजका पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ पुष २०७५, आइतवार १४:३७