सूचनाको शक्ति - The Power Of Information

        

अखिलका नेताहरूको असुली धन्दा पर्दाफास (हेर्नुस् भिडियो)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका विद्यार्थी नेताहरूले भक्तपुरएको एउटा प्राविधिक कलेजमा आन्दोलनको बहाना गरेर चार लाख रुपैयाँ असुलेको रहस्य बाहिर आएको छ । सीटीइभीटी सानोठिमीबाट अनुमति लिएर सन्चालनमा रहेको भक्तपुर टेक्निकल कलेजसँग पूर्वमाओवादी निकट हाल नेकपाका विद्यार्थी नेताहरूले चार लाख लिएको खुलासा भएको हो ।
कलेजसँग पैसा बुझनेमा सत्तारुढ अनेरास्ववियु सीटीइभीटीका राष्ट्रिय अध्यक्ष रमेशसिंह ठकुरी, सीटीइभीटी अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका अध्यक्ष नुर्वु लामा, महेन्द्र हमाल रहेका छन । ठकुरी र लामाले क्याम्पस सन्चालिका शिलु मल्लसँग पैसा लिन महेन्द्र हमाललाई पठाएका थिए ।
हमालले भक्तपुरको कौशालटारस्थित तन्दुरी क्याफे नामक रेष्टुरेन्टमा कलेज सन्चालिका मल्लसँग चार लाख बुझेको भिडियो सार्वजनिक भएको छ । कलेजसँग चार लाख रुपैयाँ लिएको भिडियो र फोन वार्ता लिक भएपछि अनेरास्ववियुका नेताहरूले कलेज सन्चालकलाई सीटीइभीटीको कार्यालय भक्तपुरठिमीमा कुटपिट गरेका छन । विद्यार्थी नेताहरूले पत्रकारलाई किन भनेको भनेर कुटपिट गरेका हुन । कुटपिट गर्ने विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ नै नगरी छाडिदिएको छ ।
कलेज अनमीको १८ महिने कोर्स पढाउँदै आएको छ । कलेजमा ४२ जना विद्यार्थी छन् । कलेजले महँगो शुल्क लिएको भनेर विद्यार्थीलाई भडकाएर जर्बजस्ती आन्दोलन गर्न लगाइ विद्यार्थी नेताहरूले कलेज सन्चालकसँग बार्गेनिङ गरेर चार लाख रुपैयाँ लिएर आन्दोलन स्थगित गर्ने सहमति गरेको अडियो र भिडियो रेकर्ड सबै सार्वजनिक भएको छ ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति : १३ पुष २०७५, शुक्रबार १४:०४