सूचनाको शक्ति - The Power Of Information

        

घलेल गाउँमा २० औं ल्होसार उत्सव

सुशान्त गाहा मगर । कास्की । कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय घलेल गाउँमा ‘आत्मा साक्षी राखी मन, बचन र कर्मले सेवा गरौं’ भन्ने नारासहित २० औं घलेल ल्होसार उत्सब २०७५ हुने भएको छ । तमु समुदायको चाड ल्होसार र बमबहादुर आधारभुत विद्यायलयको बार्षिकोत्सबको अवसरमा बौद्ध सृजना युवा क्लबको आयोजना र बिद्यालयको सहआयोजनामा आगामी १५ देखी २२ गतेसम्म माछापुच्छ्रे गाउँपालिकाको घलेलमा ल्होसार उत्सव हुने भएको हो ।
उत्सबमा मुख्य आकर्षणको रुपमा गाउँस्तरिय पुरुष भलिबल प्रतियोगिता समाबेश गरिएको क्लबका अध्यक्ष राम गुरुङले जानकारी दिए । उनका अनुसार पुरुष भलिबलतर्फको प्रथम, द्धित्तिय र तृतीय हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश ६० हजार, ३५ हजार र २० हजार प्राप्त गर्नेछ भने एक जनालाई उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत गरिनेछ ।
त्यस्तै महिला गाउँ स्तरिय महिला भलिबल प्रतियोगिता तर्फको प्रथम हुने टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० हजार र उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजार प्रदान गरिने बताउदै एक जना खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत गरिने जानकारी दिए ।
उत्सबमा प्रौढ पुरुष (३२ बर्ष माथि) पुरुष भलिबल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला मेच घुमाई प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, माछापुच्छ«े गाउँपालिका स्तरिय आधारभुत छात्रछात्रा भलिबल प्रतियोगिता, माछापुच्छ«े गाउँपालिका स्तरिय आधारभुत हाजिरीजवाफ प्रतियोगिता लगायतका बिभिन्न खेलकुद प्रतियोगिताहरु समाबेश गरिएको छ । उक्त उत्सबमा बिबिध सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार १०:५६