सूचनाको शक्ति - The Power Of Information

        

विषादी कम गर्न किसानलाई तालिम

बाँके (खजुरा) । तरकारी खेतीमा रासायनिक बिषादीको प्रयोग कम गर्न खजुरा गाँउपालिका–३ ले किसानहरुलाई तालिमसहित सचेतना अभियान शुरु गरेको छ । रासायनिक बिषादीको प्रयोगले उत्पादन गरेको तरकारीले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएपछि बिषादीरहित तरकारी उत्पादनका लागि अभियानसहित कृषकहरुलाई तालिम शुरु गरेको हो ।
वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतमले वडाभरका किसानलाई बिषादी प्रयोग नगरी तरकारी उत्पादन गर्ने उद्देश्यले अभियान थालेकोे बताए । नेपाली किसानहरुले उत्पादन गरेपनि नजिकै भारतको सिमाना भएको हुँदा सिमा क्षेत्रका नेपाली किसानहरुले उत्पादन गरेका तरकारीको ब्यापार फस्टाउन नसकेको अध्यक्ष गौतमले बताए । उनले तालिममा सहभागी किसानहरुलाई रासायनिक बिषादीको सट्टा जैबिक मल प्रयोग गरी तरकारी उत्पादन गर्न सुझाव दिए ।
जैबिक मल प्रयोग गरेर उत्पादन गरेका तरकारी उपभोग र बिक्री बितरण गर्न किसानहरुलाई अध्यक्ष गौतमले सुझाव दिए । उनले किसानहरुले रासायनिक बिषादी प्रयोग नगरी उत्पादन गरेका कृषि उपजहरुको प्रचारप्रसार र बजार ब्यबस्थामा स्थानीय सरकारले पहल गर्ने आश्वाशन दिए । सचेतना अभियानका प्रशिक्षक पदम खड्काले कृषकहरुलाई रासायनिक बिषादी बिना खेती कसरी तरकारी उत्पादन गर्नेबारे प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार ०८:३२