सूचनाको शक्ति - The Power Of Information

        

पत्रकारलाई शेयर बजार तालिम

बुटवल । रुपन्देहीमा पत्रकारहरुका लागि एकदिने शेयर बजारसम्बन्धी तालिम दिइएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र सफल नेपाल ईन्भेष्टमेन्ट कम्पनी प्रालिको संयुक्त आयोजनामा मंगलबार भएको तालिममा शेयर बजार सम्बन्धमा समाचार लेखनको भाषा, शब्दहरुको विषयमा जानकारी दिने उद्देस्यले तालिम दिइएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले मौफसलका पत्रकारहरुले हरेक क्षेत्रमा लेख्न र बोल्नुपर्ने हुँदा पत्रकारीताको विकास जरुरी रहेको भन्दै तालिमबाट आर्थिक विषयमा कलम चलाउन पत्रकारहरुलाई सहयोग मिल्ने बताए ।
तालिममा प्रशिक्षक सन्तोष राज बजगाईले शेयर बजार, शेयरका प्रकारहरु, शेयर कारोबार, प्राथमिक र दोस्रो शेयर बजारहरु, सिमेट खाता, शेयर ब्रोकर, नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेप्से सूचकांक, पूँजी बजार लगायतका विषयमा सहजीकरण गरेका थिए ।
सफल नेपाल इन्भेष्टमेन्टका अध्यक्ष कलम तिवारीले देश संघिय संरचनामा गैसकेकाले सर्वसाधारणमा शेयर जागरणको लागि प्रदेश ५ मा नवलपरासी, कपिलबस्तु र रुपन्देहीमा तालिम गरिएको बताए । उनले देशका सत्ताईस जिल्लामा तालिम दिई सकिएको बताए ।
पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्य, कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ, पत्रकार घनश्याम गौतम लगायतले बोलेका थिए । २५ जना पत्रकारहरु सहभागि तालिममा प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार ०७:१८