सूचनाको शक्ति - The Power Of Information

        

क्षेत्री समुदायको अभिलेखिकरण गरिँदै

पोखरा । पोखरा–१६ मा छरिएर रहेका क्षेत्री समुदायको अभिलेखिकरण गर्ने कार्य सुरु भएको छ । क्षेत्री समाज प्रारम्भीक समिति पोखरा–१६ ले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केशव बस्नेतले क्षेत्री समुदायको एकताको लागि पनि अभियान सुरु गरिएको जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद पुष्पा केसी भण्डारीले राष्ट्रिय एकताका प्रतिकको रुपमा रहेका क्षेत्री समुदायलाई राज्यले अझै उपेक्षा गरेको गुनासो गरिन् । क्षेत्री समाज महिला समितिको केन्द्रिय अध्यक्षसमेत रहेकी सांसद भण्डारीले क्षेत्री समाजले उठाएका माग अझै पुरा नभएकाले खबरदारी आवश्यक रहेको बताइन् ।
प्रारम्भीक समितिका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य चेतबहादुर कार्की, जिल्ला अध्यक्ष पदम कार्की, उपाध्यक्ष दिलबहादुर अधिकारी क्षेत्री, सल्लाकार उदयबहादुर बस्नेत, रामबहादुर बानिया, पूर्वअध्यक्ष तिलक केसी, पार्वती बस्नेत लगायतले सामाजिक परिवर्तनका लागि एकता आवश्यक रहेकोमा जोड दिएका थिए । भेलाले १७ सदस्यीय महिला उपसमिति समेत गठन गरेको छ ।

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार ०७:४८