सूचनाको शक्ति - The Power Of Information

        

भदौरे पञ्चासे महोत्सवको तयारी पुरा

राजु गिरी । पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका¬–४ मा अवस्थित पर्यटकिय स्थान भदौरेमा २१ र्औ भदौरे पञ्चासे महोत्सव तथा तमु ल्होसारको सम्पूर्ण तयारी पुरा भएको छ । भदौरे क्लव, भदौरे आमा समूह र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा पुषको १० देखि १५ गतेसम्म संचालन हुने महोत्सवको तयारी पुरा भएको आयोजकले जानकारी दिएको हो ।
महोत्सवमा विभिन्न खेलकुद, साँस्कृतिक कार्यक्रमका साथै विशेष आकर्षणमा कोदोबाट बनेका परिकारहरु राखिने भदौरे क्लबका अध्यक्ष जिवन गुरुङले जानकारी दिए । युवाहरुलाई लागुपदार्थ दुव्र्यसनदेखि टाढा राखी खेलप्रति आकर्षण गराउन पनि महोत्सवमा युवाहरुका लागि विभिन्न खेलकुद प्रतियोगिता राखिएको अध्यक्ष गुरुङले बताए ।
महोत्सवमा पुरुष तथा महिला सेभेन ए साइड फुटबल, खुल्ला एकल नृत्य प्रतियोगिता, छेलो हान्ने, घुम्ने कुर्ची, रस्साकसि लगायतका प्रतियोगिताहरुका साथमा विभिन्न साँस्कृतिक कार्यक्रम रहने आयोजकले बताएको छ । साथै पुरुष सेभेन ए साइड फुटवल प्रतियोगिताका प्रथम हुने टीमले नगद ७० हजार तथा द्धितियले नगद ४० हजार सहित शिल्ड मेडल पुरस्कार प्राप्त गर्ने जानकारी पनि आयोजकले दिएको छ ।

प्रकाशित मिति : ९ पुष २०७५, सोमबार १४:०८