सूचनाको शक्ति - The Power Of Information

        

कला संस्कृति संरक्षणमा जुट्दै थारु अगुवा

बाँके । बर्दियाको बाँसगढी नगरपालिका–४ लक्ष्मणपुरका थारु समुदायका अगुवा मौलिक थारु कला संस्कृतिभित्रको ‘दफक’ गीतको संरक्षणमा जुटेका छन् । यो समुदायको पुराना गीत, सङ्गीत लोप हुन थालेपछि त्यसको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले प्रत्येक दिन साँझ सात बजेपछि दफक गीत सङ्गीत युवालाई त सिकाउन गाउँका थारु अगुवा लागिपरेका छन् ।
दफक गीत विशेषगरी मङ्सिरदेखि फागुन महीनासम्म गाउने गरिन्छ । ‘थारु समुदायले यतिबेला लल्ला, धुमरु, फाग, वनगित्वा गाउने गर्दछन्,’ लक्ष्मणपुरका सर्जु थारुको भनाइ छ । प्रत्येक साँझ खाना खाइसकेपछि आगो ताप्दै, वरिपरी बसेर घरमै पारेको रक्सी पिउँदै दफक गीत गाउने गरिन्छ । दफक गीतमा विशेषगरी समाज सुधारको सन्देश र माया प्रेम, घरखेतका काम गर्ने तरिका, सुखदुःखका कुरालगायत सृष्टिका कुरा समेटिएको हुन्छ ।
‘थारु पूर्खा आप्mनो मौलिक संस्कृतिमा पहिले निकै सम्पन्न थिए । प्रत्येक दिन नाचगान गरी रमाइलो गर्ने, ऋतुअनुसारको गीत गाउने नाच्ने गर्थे । पश्चिमी सभ्यताले चाप्दै गएपछि सो समुदायका अहिलेका पुस्तामा सायदै आप्mनो मौलिक संस्कृति थाहा होला,’ सर्जु थारुले दुःख व्यक्त गरे । मौलिक कला, संस्कृतिका धनी थारु समुदायका सांस्कृतिक प्रस्तुत आजभोलि मेला, महोत्सवमा मात्र देखिने गरेको छ ।
विकासको क्रमसँगै आधुनिक गीत सङ्गीतमा रमाउने चलनका कारण थारु समुदायको दफक गीतलगायत मौलिक कला संस्कृति विस्तारै सङ्कटमा पर्न थालेको छ । यिनै कुरालाई दृष्टिगत गरी बर्दिया बाँसगढीका थारु समुदायका अगुवा दफक गीतलगायत आप्mनो कला संस्कृतिको संरक्षणमा जुटेका छन् । ‘पुराना गीत सङ्गीत हाम्रो पहिचान हो, पूर्खाले दिएको सङ्गीतको यी उपहारलाई हामीले जोगाउनुपर्छ, नभए थारु समुदायको अस्तित्व नै सङ्कटमा पर्न सक्छ,’ स्थानीय समाजसेवी माधव थारुले बताए ।

प्रकाशित मिति : ९ पुष २०७५, सोमबार १३:३१