सूचनाको शक्ति - The Power Of Information

        

जेष्ठ नागरिकलाई कम्बल वितरण (फोटोफिचर)

बाँके (खजुरा) । खजुरा गाउँपालिका वडा नं ३ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ७५ बर्षभन्दा माथिका ११० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेर सम्मान गरेको हो । वडा नं ३ का बृद्धबृद्धा जेष्ठ नागरिकलाई खजुरा गाउँपालिका प्रमुख किष्मतकुमार कक्षपतिले न्यानो कम्बल वितरण गरेका थिए ।
उनले खजुरा गाउँपालिकाले ८ वटै वडाका जेष्ठ नागरिकलाई सम्मान गर्दै आएकोे र भविष्यमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए । पौष १६ गते देखि ८ वटै वडाका जेष्ठ नागरिकलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने प्रमुख कक्षपतिले जानकारी दिए ।
गाउँपालिकाले दिने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन जेष्ठ नागरिक सम्मान कार्यक्रमले अझ टेवा पुग्नेमा वडा नं ३ का अध्यक्ष कान्तुराम गौतमले विश्वास ब्यक्त गरे । उनले खजुरा गाउँपालिकाले जनताले पाउने सेवासुविधामा कुनै कमी नहुने बताए । कार्यक्रममा उपप्रमुख एकमाया बिक र प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले पनि जेष्ठ नागरिकलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : ८ पुष २०७५, आइतवार १८:३७