सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा जागिर खान क्रिश्चियन नै हुनुपर्ने !

काठमाडौं । मानिसले जन्मिँदै धर्म लिएर आएको हुँदैन । जीवन सञ्चालनका क्रममा कुनै पनि धर्म अपनाउन पाउने अधिकार नेपाल राष्ट्रको संविधानले दिएका छन् । तर, नेपालमा पछिल्लो समय यस्ता–यस्ता विकृति मौलाएका कि जसलाई हेर्दा पूर्वीय सभ्यता र संस्कृतिको मूलथलो, तपोभूमिको नागरिक भन्न लाज लाग्ने स्थिति आउन लागेको भान हुन्छ ।
सोमबार मात्रै एउटा यस्तै उदाहरण देखापर्यो । टिच नेपाल नामक एउटा गैरसरकारी संस्थाले जागिर खुलायो । तर, उक्त संस्थाले तोकेको मापदण्ड चाहिँ अलि गम्भीर र आमनेपालीहरुको भन्दा बिल्कुलै फरक छ । उक्त गैरसरकारीमा शिक्षकको जागिर खानका लागि क्रिश्चियन परिवारमै जन्मिएको हुनुपर्ने छ ।
अनि क्रिश्चियन शिक्षामै स्नातह तह पास गरको हुनुपर्ने छ । त्यति मात्रै होइन, चर्चको प्रमाणीकरणको पत्र पनि साथमा हुनुपर्ने जिकिर उक्त विज्ञापनमा गरिएको छ । प्री एसिस्टेन्ट टिचर ट्रेनरका लागि खुलाइएको विज्ञापनका विषयमा सामाजिक सञ्चालमा लज्जा र आपत्ति प्रकट भइरहेको छ ।
पत्रकार सन्तोष घिमिरे लेख्छन्, ‘अब त नेपालमै पनि जागिर खान क्रिश्चियन नै हुनुपर्ने, ल हेर्नुस् त यस्ता एनजिओमा जागिर पाउन क्रिश्चियन परिवारमा जन्मेको, क्रिश्चियन धर्म मानेको र क्रिश्चियन पढेकै हुनुपर्ने भएछ । राम राम !! जय धर्मनिरपेक्षता ।’

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार ०६:२३