सूचनाको शक्ति - The Power Of Information

        

समायोजनको विरोधमा कर्मचारीले बुझाए ज्ञापन

बाँके । सरकारले ल्याएको निजामती कर्मचारी अध्यादेशको बिरोध गरिएको छ । बिरोध स्वरुप नेपाल निजामती कर्मचारी युनियन(संघ) ले आज बाँके लगायत मुलुकभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर निजामती कर्मचारी युनियन (संघ)का कर्मचारीले ज्ञापन पत्र बुझाएका हुन् । युनियन (संघ) बाँकेका अध्यक्ष दिलबहादुर खड्काको नेतृत्वमा पुगेका कर्मचारीले ज्ञापन पत्र बुझाएका थिए । उक्त अध्यादेश अब्यवहारिक रहेको कर्मचारीको गुनासो छ ।

प्रकाशित मिति : २ पुष २०७५, सोमबार १७:२९