सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका सबै स्थानीय तहमा नेकपाले टुङ्गयायो पदाधिकारी (सूचीसहित)

बाँके । नेपाल कम्युनिष्ट पार्टी ५ नं. प्रदेश कमिटीले बाँकेका ८ वटा स्थानीय तहका पदाधिकारीहरु चयन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न बैठकले ८ वटा तहका अध्यक्ष र सचिव चयन गरेको हो । जिल्ला कार्यदलको सिफारिस अनुसार पदाधिकारी चयन गरिएको हो ।
पूर्व एमालेले ५ स्थानीय तहमा अध्यक्ष पाएको छ भने पूर्व माओवादीले ३ वटा स्थानीय तहमा अध्यक्ष पाएको छ । पार्टीको केन्द्रिय नीति अनुसार अध्यक्ष र सचिव भने फरक–फरक पार्टीबाट राखिएको नेकपा ५ नं. प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेले जानकारी दिए । । बैठकले चयन गरेका पदाधिकारीहरु यसप्रकार छन् ।

नेपालगन्ज उपमहानगरपालिका
अध्यक्ष – डिल्ली बराल
सचिव – दत्तप्रसाद आचार्य

कोहलपुर नगरपालिका
अध्यक्ष – वसन्ती अधिकारी
सचिव – तुलाराज बिष्ट

बैजनाथ गाउँपालिका
अध्यक्ष – चन्द्रबहादुर थारु
सचिव – मिरा कार्की

खजुरा गाउँपालिका
अध्यक्ष – राज कुमार बिक
सचिव – यमबहादुर महतारा

जानकी गाउँपालिका
अध्यक्ष – पदम धिताल
सचिव – नारायण गिरी

राप्तीसोनारी गाउँपालिका
अध्यक्ष – चामबहादुर घर्ती
सचिव – मनोज केसी

नरैनापुर गाउँपालिका
अध्यक्ष – प्रमोद मिश्र
सचिव – मेराज खाँ

डुडुवा गाउँपालिका
अध्यक्ष – सकिल अहमद खाँ
सचिव – भोला यादव

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार १९:००