सूचनाको शक्ति - The Power Of Information

        

चलचित्र ‘क्याप्टन’ को गीत ट्रेन्डिङ्गको पहिलो नम्बरमा

अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘क्याप्टेन’को ‘गीत रहर छ सँगै’ सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ्गको पहिलो नम्बरमा आएको छ । अन्जु पन्त र सुगम पोख्रेलको स्वर रहेको गीतमा अनमोल र नायिका उपासना हिंस ठकुरीले अभियन गरेका छन् ।
यो गीत बिहीबार सार्वजनिक भएको हो । यो गीत अहिलेसम्म झण्डै तीन लाख पटक हेरिएको छ । आउँदो फागुन १७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र दिवाकर भट्टराईको निर्देशनमा बनेको हो । ठूलो बजेटको यो चलचित्रमा फुटबल खेलाडीको कथा समेटिएको छ ।

 

 

 

 

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ०९:३५